बिहि, अशोज १, २०८३
25.1 C
Kathmandu

सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख सचेतकबिच छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने बताइरहेका बेला सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।

सिंहदरबारमा भएको छलफलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी छन् । छलफलमा पछिल्लो राजनीतिक गतिविधि र सदनको काम कारबाहीका विषयमा छलफल भइरहेको बताइएको छ।

छलफलमा उपसभामुख इन्दिरा राना पनि सहभागी छन् । सत्ता समीकरण बदलिएर नयाँ सरकार बनेपछि सभामुखले प्रमुख सचेतकहरूसँग गरेको यो पहिलो छलफल हो।

सम्बन्धित समाचार

ताजा न्यूज