शुक्र, अशोज २, २०८३
22.1 C
Kathmandu

प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा को हुँदैछन् नियुक्त …

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई बनाउने तयारी गरेका छन्।

असार ३१ गते प्रधानमन्त्रीको शपथ लिएर पदभार सम्हालेका ओलीका तर्फबाट रिमालले काम थालिसकेका छन्। यद्यपि, उनको औपचारिक नियुक्ति भएको जानकारी सार्वजनिक गरिएको छैन।

‘प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल हुनुहुनेछ, ‘औपचारिक निर्णय केही समयमा हुन्छ’ स्रोतले भन्यो ।

नेकपा एमालेका उपमहासचिव समेत रहेका रिमालले यसअघिका तीनवटै कार्यकालमा प्रमुख सल्लाहकार भएर काम गरिसकेका छन्। पदमा नहुँदा पनि एमाले अध्यक्ष ओलीका हरेक गतिविधिमा रिमालले सहयोग गरिरहेका छन्।

एमालेनिकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का पूर्वअध्यक्ष रिमालले पार्टी कार्यालयलाई डिजिटाइजेसन गराउन भूमिका खेलेका छन्। पार्टी कार्यालयमा एक्सन रुम निर्माण, पार्टीको एप निर्माणदेखि हरेक गतिविधि सामाजिक सञ्जालमा पठाउन पनि उखले भूमिका खेलिरहेका छन्।

त्यसो त प्रमुख राजनीतिक सल्लाहकार बनाउन अर्का उपमहासचिव प्रदीप ज्ञवालीका विषयमा पनि पार्टीमा छलफल भएको थियो। ज्ञवाली अहिले सरकारका कामलाई प्रभावकारी बनाउन पार्टीका सबै विभागबाट सुझाव संकलन गरी कार्यक्रमको खाका बनाउन व्यस्त छन्।

सम्बन्धित समाचार

ताजा न्यूज