शनि, अशोज ३, २०८३
21.1 C
Kathmandu

उच्च अदालतको फैसलापछि न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढ्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन उच्च अदालत पाटनबाट फैसला भएको छ ।

आज बिहानैबाट महानगरले न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन सुरु गरेको हो । अहिले डोजर लगाएर सडकको दायाबायाँ भत्काउने काम भैरहेको छ ।

तीन दिन अघि उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

उक्त आदेशसँगै महानगरले फुटपाथ विस्तारको काम सुरु गरेको महानगरले जनाएको छ । यसअघि महानगर न्यूरोडको सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रकिया अगाडि बढाएको थियो । कालोपत्रे समेत काटेर काम सुरु गरिसकेको थियो ।

तर सडक डिभिजन काठमाडौंले अनुमति नलिई फुटपाथ बढाउन लागेको भन्दै सामान जफत गरी फुटपाथ विस्तारमा रोक लगाएको थियो । महानगरले फुटपाथ बिस्तारको लागि काटेको सडक समेत सडक डिभिजनले पुन पुरेर पीच गरेको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज