शनि, अशोज ३, २०८३
21.1 C
Kathmandu

बागमती नदीमा डुबेर एक बालकको मृत्यु

काठमाडौं । बागमती नदीमा डुबेर रौतहटमा एक बालकको मृत्यु भएको छ।

बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका १० वर्षीय बालकको शव नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले फेला पारेको हो।

मृत्यु हुनेमा रौतहटको गढीमाई नगरपालिका–३, लक्ष्मीपुर निवासी हस्बुद्दिन कवाडीका १० वर्षीय छोरा सफर कवारी रहेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
सोमबार साथीसँगै बागमती नदीमा नुहाउन जाँदा बालक नदीमा बेपत्ता भएका थिए।

सम्बन्धित समाचार

ताजा न्यूज