काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमालेको ‘नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो र बन्द कोठा चाहिन्छ ’ भन्दै प्रश्न गरेका छन् ।
संसदमा विश्वासको मत लिने प्रस्ताव राख्दै उनले भने, ‘यहाँ त कांग्रेस र एमाले मिलेर सरकार मात्र बनाउँदै हुनुहुन्न, रहस्यमय तरिकाले संविधानमाथि छेडछाड गर्ने प्रयास गर्नुभएको छ ।’
‘‘तपाईंहरुको यात्रा प्रतिगमनतिर हो भन्ने तपाईंहरुको सहमतिको तरिका, सहमति गरेका ठाउँहरु, सहमतिको तयारी कसका घरमा गर्नुभयो रु हस्ताक्षर कसका घरमा गर्नुभयो रु त्यो समय कुन रोज्नुभयो भन्ने आम जनताले नजिकबाट हेरिरहेका छन् । त्यसको हिसाब राखिरहेका छन् ।’
आफूले सबै भन्ने हो भने लाजमर्दो अवस्था आउने उनले बताए ।
