आइत, अशोज ४, २०८३
29.1 C
Kathmandu

ललिता निवास, भुटानी शरणार्थी प्रकरण, बाँसबारीदेखि बाल मन्दिरको जग्गा खोज्न थालेपछि एमाले र कांग्रेस मिलेको प्रचण्डको दावी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले सुशासन प्रत्याभूत गराउनदेखि सुधारका धेरै काम गरेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै उनले आफूले चालेको कदमले आफू विश्वासको मत पाउन हकदार गरेको बताए ।

उनले भने, ‘कुनै यती, कुनै ओम्नी, कुनै गिरीबन्धुहरुको बोझ र कलंक नबोकी पनि प्रधानमन्त्री बन्न सकिन्छ भन्ने रेकर्ड बन्यो । एउटा तप्काले देशको जग्गा लुटे पनि हुने भयो । तस्करी गरेर कानून मिचे पनि हुने भयो । यसले लोकतन्त्रमाथि नै प्रश्न उठाइसकेको थियो । त्यो भाष्य चिरेको छ ।’

ललिता निवास, भुटानी शरणार्थी प्रकरण, बाँसबारीदेखि बाल मन्दिरसम्मको जग्गा खोज्न थालेपछि त्यही वर्गले देशको पहिलो र दोस्रो दल मिलाएको प्रचण्डको दाबी छ ।

सम्बन्धित समाचार

ताजा न्यूज