शनि, कार्तिक ८, २०८३
15.1 C
Kathmandu

रास्वपा महामन्त्री मुकुल ढकाल मास्कमाथि कालो टेप लगाएर बैठकमा सहभागि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।
केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्दै आएका ढकालले माग सुनुवाइ नभएपछि विरोधमा उनले मुखमा कालो टेप लगाएका हुन् । ढकालले बैठकमा बोल्न पाउने लोकतान्त्रिक अधिकार हनन भएको भन्दै क्रस गरेर कालो टेप टाँसेर त्यही मास्क लगाएर बैठकमा सहभागी छन् ।

महामन्त्री ढकालको प्रतिवेदनसँगै पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसिरहेको छ।

ढकालले पार्टी सञ्चालनको वर्तमान पद्दति परिवर्तन नगरे २०८४ सालमा रास्वपा सकिने चेतावनीयुक्त प्रतिवेदन सभापति लामेछानेलाई बुझाएका थिए । रास्वपाप्रति जनमत अत्यन्तै निराशाजनक रहेकाले आशामा बदल्नका लागि कठोर निर्णय लिनुपर्ने प्रतिवेदनमा उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

आफ्नो प्रतिवेदनमाथि छलफल हुने केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग ढकालले राखेका थिए । तर उनको माग सुनुवाइ भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज