शुक्र, कार्तिक ७, २०८३
13.1 C
Kathmandu

बागमतीको स्वास्थ्य मन्त्रीमा पुन: किरण थापा

काठमाडौं । बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन भए पनि स्वास्थ्य मन्त्रालयको नेतृत्वमा भने परिवर्तन भएन । प्रदेश सरकारको नेतृत्वमा इन्द्रबहादुर बानियाले गरे पनि सत्ता गठबन्धन दल एमालेले आफ्नो भागमा परेको स्वास्थ्य मन्त्रीमा किरण थापालाई नै दोहो¥याएको हो ।

६ वटा मन्त्रालय पाएको एमालेले एकजना पुरानै मन्त्रीलाई निरन्तरता दिएको छ भने अन्य पाँचजना नयाँ अनुहार पठाएको छ ।

किरण थापाले पुनः बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय सम्हालेका छन् ।

एमालेले अन्य मन्त्रालयमा नयाँ अनुहारहरू अघि सारेको छ। एमाले मधुसुदन पौडेलको नेतृत्वमा सरकारमा सहभागी भएको हो ।

पौडेल कृषि तथा पशुपंक्षी विकास, डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार, जयराम थापा श्रम रोजगार तथा यातायात, भरतबहादुर केसी वन तथा वातावरण, किरण थापा स्वास्थ्य र विन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बनेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज