काठमाडौं । सुनसरीमा एक जनाको हत्या भएको छ । गढी गाउँपालिकाको ४६ वर्षीय ज्ञानचन्द्र ऋषिदेवको हत्या भएको हो ।
प्रहरीका अनुसार शव थलाहा टोलमा टाउको अलग भएको अवस्थामा फेला परेको हो । उनले सिमेन्ट, बालुवाको रिङ बनाउने काम गर्दै आएका थिए ।
हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
