शुक्र, कार्तिक २१, २०८३
19.1 C
Kathmandu

चितनवको खैरहनीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दारको मृत्यु

चितनवको खैरहनीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ।

खैरहनी–८ बाबा पेट्रोलपम्पस्थित पूर्वपश्चिम राजमार्गमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागती प्रदेश०३–००३प ६३७ नम्बरको मोटरसाइकल आज बिहान दुर्घटना हुँदा लमजुङ राइनस नगरपालिका–६ धमेलीकुवाका रत्ननगर नगरपालिका–१५ खोलेसिमलका ४३ वर्षीय हेमन्तकुमार श्रेष्ठ गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते श्रेष्ठको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए।

मोटरसाइकल दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

सम्बन्धित समाचार

ताजा न्यूज