महोत्तरी । महोत्तरीमा कुटपिट गरी श्रीमतीको हत्या गरेको छ । महोत्तरी गाउँपालिका–१, सोनुखडा गाउँका स्थानीय ४५ वर्षीय हबिब नदाफले कुटपिट गरी ३६ वर्षीया श्रीमती रोशना खातुनको हत्या गरेका हुन् ।
घरायसी झगडामा हबिबले शनिबार रोशनामाथि निर्घात कुटपिट गरेका थिए । समयमै उपचार नहुँदा निजको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
रोशनाको शव परीक्षणका निम्ति प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ । घटनापछि फरार निजका श्रीमान्को खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
