आइत, कार्तिक २३, २०८३
13.1 C
Kathmandu

बागलुङको गलकोटमा माछा मार्ने क्रममा खोलाले बगाउँदा आज एकजना बेपत्ता

काठमाडौं । । बागलुङको गलकोटमा माछा मार्ने क्रममा खोलाले बगाउँदा आज एकजना बेपत्ता भएका छन् ।

गलकोट नगरपालिका–१०, रमुवाका ४२ वर्षीय रमेश परियार दरमखोलामा माछा मार्ने क्रममा बेपत्ता भएका हुन् ।

गलकोट नगरपालिका–६ मा बस्दै आएका परियार २४ वर्षीय भाइ मनोज परियारसँग आज बिहान माछा मार्न गएका थिए । बेपत्ता रमेशको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख प्रहरी निरीक्षक थम्मन रानाले जानकारी दिए । रासस

सम्बन्धित समाचार

ताजा न्यूज