आइत, कार्तिक २३, २०८३
13.1 C
Kathmandu

कैलालीमा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु

कैलालीमा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कैलारी गाउँपालिका– २ की ५५ वर्षीया पार्वती चौधरीको मृत्यु भएको हो।

पैदल हिँडिरहेकी उनलाई कैलारी गाउँपालिका–५ बैजपुर नजिक हुलाकी सडक खण्डमा से ६ प ३३३१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
गम्भिर घाइते भएकी उनलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएको थियो ।

चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएकोा छ ।

मोटरसाइकल चालक कैलारी गाउापालिका–७ का ४० वर्षीय हरी प्रसाद चौधरी पनि घाइते भएका छन् । उनको निसर्ग अस्पताल धनगढीमै उपचार भइरहेको छ। मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ ।

सम्बन्धित समाचार

ताजा न्यूज