शनि, कार्तिक ८, २०८३
15.1 C
Kathmandu

ग्वार्को गेस्ट हाउसमा एक युवतीको मृत्यु

काठमाडौं । ललितपुरको ग्वार्कोमा रहेको गेस्ट हाउसमा एक युवतीको मृत्यु भएको छ।

२१ वर्षीया ती युवतीको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन।

गोदावरी नगरपालिका ८, डुकुछाप घर भई हाल ललितपुरको सातदोबाटो बस्दै आएका २६ वर्षीय सन्दीप विकको साथ लागेर बिहीबार राति ९ बजे ती युवती ग्वार्कोमा रहेको सनलाइट गेस्ट हाउसमा पुगेकी थिइन्। राति युवकसँगै बसेकी युवतीको आज बिहान मृत्यु भएको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
ती युवती बिहानीपख बेहोस भएपछि गेस्ट हाउस सञ्चालकले ग्वार्कोमा रहेको बी एन्ड बी अस्पताल पुर्‍याएका थिए। ‘उपचारकै क्रममा शुक्रबार बिहान ७ बजे उनको मृत्यु भएको हो ।

युवकले पनि सास फेर्न आफूलाई कठिनाइ भएको बताएपछि प्रहरीको निगरानीमा उनको बी एन्ड बी अस्पतालमा नै उपचार भइरहेको सुवेदीले बताए।

सम्बन्धित समाचार

ताजा न्यूज