काठमाडौं । विद्युत अवरुद्ध हुँदा करिब डेढ घण्टा रोकिएको चन्द्रागिरि केबलकार सञ्चालनमा आएको छ । बुधबार दिउँसो साढे १ बजे विद्युत अवरुद्ध हुँदा रोकिएको केबलकार दिउँसो ३ बजेपछि सञ्चालनमा आएको हो ।
विद्युत अवरुद्ध भएपछि केबलकारमा रोकिएका यात्रुलाई भर्याङ हालेर जमिनमा ओरालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । ८ जना यात्रुलाई ओरालिएपछि केवलकार सञ्चालनमा आएको एसपी अधिकारीले जानकारी दिए ।
