सोम, अशोज ५, २०८३
20.1 C
Kathmandu

नारायणगढ-मुग्लिन सडकखण्डमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु

चितवन । नारायणगढ- मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका(२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको छ ।

बुटवलबाट काठमाडौं जाँदै गरेको लु२ख ६५६६ नम्बरको बस चालक नवलपरासी सुनवल नगरपालिका(४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

ढुंगा लागेर गम्भीर घाइते भएका चालक विकको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

सम्बन्धित समाचार

ताजा न्यूज