बिहि, कार्तिक २०, २०८३
15.1 C
Kathmandu

राष्ट्रिय कृषि ऐन ल्याउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय कृषि ऐन ल्याउने तयारी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारले मंगलबार कृषि ऐन ल्याउने तयारी भएको जानकारी दिए ।

एक महिनाभित्रै मन्त्रीपरिषद्मा कृषि ऐन पेस गर्ने तयारी रहेको अधिकारीले बताए । ‘राष्ट्रिय कृषि ऐन बन्ने क्रममा छ,’ उनले भने, ‘सम्भवत महिना दिनमा मन्त्रीपरिषद्मा पठाइने छ ।’

मन्त्री अधिकारीले किसानको हितका लागि काम गर्ने योजना आफूले बनाएको सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बताए ।

सम्बन्धित समाचार

ताजा न्यूज