आइत, कार्तिक २३, २०८३
14.1 C
Kathmandu

पराष्ट्रमन्त्री राणा भारत भ्रमणमा जाँदै

काठमाडौं । पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज छिमेकी मित्रराष्ट्र भारत भ्रमणमा जाँदै छिन् । उनका भारतीय समकक्षी डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चारदिने भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवं नेपाल–भारतबीचको सहकार्य प्रवर्द्धननबारे छलफल गर्ने जनाइएको छ ।

दुई देशबीचमा नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवं प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ ।

परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका रहेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज