आइत, कार्तिक २३, २०८३
14.1 C
Kathmandu

भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई सरकारबाट हटाइएको प्रचण्डको दाबी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सरकारमा हुँदा भ्रष्टाचारका विरूद्व सुशासनको पक्षमा महत्वपूर्ण काम भएका बताएका छन् । पोष्टबहादुर बोगटीको नवौँ स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“स्थायी समिति बैठकसम्म आइपुग्दा उपमहासचिव जनार्दन शर्माले राख्नुभएको मतलाई लिएर पार्टी विभाजन हुन्छ भनेर सुनाउने गरेका थिए”, दाहालले भने,“ पार्टी बैठकको अन्त्यसम्म आइपुग्दा पार्टी विभाजन गर्ने नेता शर्माको कुनै उद्देश्य र नियत छैन, यससम्बन्धमा स्वयम् उहाँले नै स्पष्ट पार्नुभएको छ, कसैलाई पार्टी विभाजन हुन्छ भन्ने आशङ्का छ भने त्यसबाट मुक्त हुन देशभरका नेता कार्यकर्तालाई आग्रह गर्दछु ।”

पार्टी एकताबद्ध भएर अगाडि बढ्ने जनाउँदै उनले भने, “पार्टी विभाजनको चर्चा बाहिर भएको भए पनि पार्टी स्थायी समिती बैठकमा आउँदा त्यो क्लियर भएको छ ।त्यो आंशका मैले लिए पनि अरूले लिए पनि त्यो निराधार भएको कुरा क्लियर भए हुन्छ ।”

अध्यक्ष दाहालले भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई सरकारबाट हटाइएको दाबी गरे । “पार्टी सरकारमा हुँदा सुशासन, सामाजिक न्यायको सवालमा धेरै काम गरिएको छ । भ्रष्टाचारका विरूद्व सुशासनको पक्षमा महत्वपूर्ण काम भएका छन्, बजेट निर्माणमा पनि उत्पादनमा जोेड दिन खोजिएकोे छ । भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो,” उनले भने ।

सम्बन्धित समाचार

ताजा न्यूज