काठमाडौं । नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ । महासचिव घनश्याम भुसालका अनुसार आगामी भाद्र ९,१० र ११ गते विहान ११ बजे काठमाडौँमा बैठक डाकिएको बताए ।
बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको सपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माणलगायतको एजेण्डा रहेको भुसालले जानकारी दिए । उनका अनुसार बैठक बस्ने स्थान भने टुंगो लागेको छैन् । गत असारमा महाधिवेशन गरेको एसले पदाधिकारी चयन गर्न सकेको छैन् । केन्द्रीय कमिटी चयन गरेपछि पदाधिकारी चयनमा भने सकस परीरहेको छ । आगामी बैठकसम्म पदाधिकारी चयन हुने नेताहरु बताउँछन् ।
त्यसो त केन्द्रीय कमिटी बैठक अघिनै एस र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने हल्लासमेत चलिरहेको छ । माओवादीले एसलाई पार्टीमा गाभ्न छलफल चलाईरहेको छ । यता एसले भने तत्काल पार्टी एकता नहुने बताउँदै आएको छ ।
