काठमाडौं। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादव र पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीबीच समितिको बैठकमै भनाभन भएको छ ।
आजको बैठकमा हिजो दुर्घटना भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छलफल चलिरहेको थियो । पूर्वमन्त्री किरातीले आफ्नो धारणा राख्ने क्रममा सभापति यादवले टेक्निकल कुरा राख्न भनेपछि भनाभन भएको हो ।
सभापति यादवको निर्देशनपछि पूर्वमन्त्री किरातीले ‘म राजनीतिक व्यक्ति हुँ । मैले टेक्निकल विषय कसरी बोल्ने ? म न पाइलट हो न प्राविधिक ?’ भन्दै प्रतिवाद गरेका थिए ।
पूर्वमन्त्री किरातीको प्रतिवादपछि कुरा सकाउन नपाउँदै सभापति यादवले पूर्व रक्षामन्त्री हरि उप्रेतीलाई समय दिएका थिए । उप्रेतीलाई समय दिएपछि ‘ म यो समितिमा बस्दिँन’ भन्दै किराती उठेर बाहिरिए ।
