शनि, अशोज ३, २०८३
22.1 C
Kathmandu

ओली नेतृत्वको सरकारमा सहभागी हुन कांग्रेसले बनायो मन्त्रीहरु छनोटको मापदण्ड

काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीहरु छनोटको मापदण्ड बनाएको छ ।

कांग्रेस कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । उनले भने, ‘सकेसम्म एकै पटक नाम दिन्छौं ।’

कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको छ । उक्त सरकारमा सहभागी हुने मन्त्री छनोटको मापदण्ड बनाउन शनिबार कांग्रेसको बैठक बसेको हो ।

कांग्रेसको कार्यसम्पादन समितिको बैठकले शुक्रबार बिहान चितवनमा भएको बस दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै बेपत्ताको खोजी तिब्र पार्न सरकारलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज