काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार बिहान प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । ओलीलाई आइतबार बिहान प्रधानमन्त्रीमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्न लागेका हुन् ।
राष्ट्रपतिको सचिवालयका अनुसार ओलीले भोलि दिउँसो प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ । पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदभार ग्रहण गर्नेछन् ।
ओलीलले शुक्रबार साँझ प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए । शुक्रबार बेलुका एमाले अध्यक्ष ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीतलनिवास पुगेर दाबी पेस गरेका थिए ।
ओलीले एमाले र कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित शुक्रबार दाबी पेस गरेका थिए ।
राष्ट्रपतिले आइतबार बेलुकासम्मको समय दिएका थिए ।
