काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आह्वान गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ७६ ९२० अनुसार नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।
यसअघि संविधानको कुन धारामा सरकार गठन गर्ने भनेर राष्ट्रपति पौडेलले संविधानविद्हरूसँग राय माग गरेका थिए । त्यसको केही समयपश्चात् उनले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गरेका थिए । तर, उनले विश्वासको मत भने पाउन सकेका थिएनन् । उनको पक्षमा ६३ र विपक्षमा १९४ मत परेको थियो ।
विश्वासको मत पुर्याउन असफल भएपछि प्रचण्ड सरकार ढलेको छ । राष्ट्रपति पौडेलले नयाँ सरकारको आह्वान गरेका हुन् ।
