आइत, अशोज ४, २०८३
19.1 C
Kathmandu

पाँचौँ पटकमा प्रचण्डले पाएनन् विश्वासको मत, ढल्यो सरकार

पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका छन्।

शुक्रबार मा प्रचण्डले विश्वास गुमाएसँगै गठन भएको १८ महिनापछि उनी नेतृत्वको सरकार पनि ढलेको छ। प्रचण्डले शुक्रबार संविधानको धारा १०० को उपधारा (२) बमोजिम पाँचौपटक विश्वासको मत मागेका थिए।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको पक्षमा ६३ मत मात्रै प्राप्त गरे भने विपक्षमा १९४ सांसदले मतदान गरे। विश्वासको मत प्रक्रियामा २५८ सांसद सरिक भएका थिए।
एक जनाले भने पक्षरविपक्षमा मतदान नगरेको सभामुख देवराज घिमिरेले जानकारी दिए।

गत असार १७ गते मध्यराति नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता सहकार्यको सहमति भएको थियो। सो समझदारीपछि असार १९ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरू फिर्ता बोलाएको थियो।

सम्बन्धित समाचार

ताजा न्यूज