नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले देश गम्भीर विपतमा रहेको भन्दै सत्ता परिवर्तनको खेल १५ दिन पर सार्न प्रस्ताव गरेकी छिन् ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा सुवेदीले देश विपदमा रहेको समयमा विपक्षी दलहरू सत्ता परिवर्तनको खेलमा लागेको भन्दै आपत्ति जनाएकी हुन् ।
‘देश गम्भीर विपतमा छ, विपक्षी सत्ता परिवर्तनको खेलमा छन् । केही समय जनताको पीडामा सहभागी हुने बेला हो । सरकार परिवर्तन १५ दिन पर सार्दा नेपालमा आकाश खस्ने र धर्ती भासिने होइन,’ उनले भनिन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुअघि बसेको बैठकको आकस्मिक समयमा सांसदहरूले पहिरोका कारण त्रिशूलीमा बस खसेर बगाएको घटना सम्बन्धमा चिन्ता व्यक्त गरेका छन् ।
