आइत, अशोज ४, २०८३
21.1 C
Kathmandu

सिमलतालमा पहिरोले बगाउँदा बस त्रिशूली नदीमा बेपत्ता घटनाप्रति माधव नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चितवनको सिमलतालमा पहिरोले बगाउँदा बस त्रिशूली नदीमा बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

काठमाडौंबाट आफ्नो गृह नगर गौर जाँदै गरेको गणपति डिलक्स बस र काठमाडौं आउँदै गरेको एन्जल बस तथा बसमा सवार यात्रुको उद्धारमा जुट्न पनि सबैलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत उद्धारका लागि आह्वान गर्दै उनले भनेका छन्, ‘काठमाडौँबाट मेरो गृह नगर गौर जाँदै गरेको गणपति डिलक्समा ४१ जना र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको एन्जल बसमा २४ जना सवार रहेकोमा अहिलेसम्म उनीहरूको अवस्था सार्वजनिक हुन सकेको छैन । प्राकृतिक विपत्तिको यस क्षणमा उद्धारको काममा जुट्न सरकारी तथा अन्य निकाय एवम् महानुभावहरूमा सादर अनुरोध गर्दछु ।’

उनले आवश्यक सतर्कता अपनाएर यात्रा गर्न पनि सबैलाई अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज