सोम, कार्तिक ३, २०८३
25.1 C
Kathmandu

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन एमाले वरिष्ठ नेताको सपथ, राजनीतिमा पुनरागमन

काठमार्डौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेताको जिम्मेवारी सम्हालेकी छिन् । पार्टीको स्थायी कमिटी बैठकका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शपथसँगै पूर्वराष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ उपाध्यक्षको पद तथा गोपनीयताको शपथ ग्रहण गराएसँगै उनी औपचारिक रूपमा जिम्मेवारीमा पुगेकी हुन् ।

भण्डारी यसअघि राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहेकी थिइन् । उनको कार्यकाल सकिएपछि राजनीतिक वृत्तमा उनको आगामी भूमिकाबारे विभिन्न चर्चा हुँदै आएको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज