बुध, कार्तिक ५, २०८३
16.1 C
Kathmandu

कांग्रेसको १५औं महाधिवेशन आजदेखि, उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताहरूको सम्बोधन

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन आजदेखि सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प ः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु हुन लागेको हो ।

महाधिवेशनको उदघाटन समारोह दिउँसो २ बजे खुलामञ्चमा सुरु हुँदै छ । उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निम्ता गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई कांग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरेको छ । कांग्रेसले १५औँ महाधिवेशन ऐतिहासिक राजनीतिक महत्व बोकेको स्थलमा खुलामञ्चमा गर्न लागेको हो ।

प्रवक्ता देवराज चालिसेका अनुसार बन्दसत्रमा पार्टीको आगामी राजनीतिक, आर्थिक, सामाजिक र सांगठनिक दिशाबारे विस्तृत छलफल हुनेछ । महाधिवेशनले नेतृत्वलाई भन्दा नीति चयनलाई विशेष प्राथमिकता दिएको उनले बताए । महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार हुनेछ । महाधिवेशनको बन्दसत्रमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

सम्बन्धित समाचार

ताजा न्यूज