बुध, कार्तिक ५, २०८३
14.1 C
Kathmandu

राष्ट्रपति पौडेलले अन्त्य गरिदिए संघीय संसद्को दुवै सदनको चालू अधिवेशन, औषतमै बित्यो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिशमा राष्ट्रपति पौडेलले १६ गते राति १२ बजेदेखि लागू हुने गरी सङ्घीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले निकाल्नुभएको विज्ञप्तिमा २०८३ साल असोज १६ गते शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी सङ्घीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य गरेको उल्लेख छ ।

संसदको चालु अधिवेशन औषतमा बितेको विज्ञहरूले बताएका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज