काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई अर्थमन्त्री स्वर्णिम वाग्लेले स्वागत गरे ।
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मङ्गलवार साँझ अमेरिका प्रस्थान गरेका थिए । उनले ८ गते महासभालाई सम्बोधन गरेका थिए ।
महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्तासमेत गरेका थिए । महासभामा उनले नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यबारे धारणा राखेका थिए ।
