शुक्र, अशोज ९, २०८३
16.1 C
Kathmandu

राष्ट्रसंघीय महासचिवसँग प्रधानमन्त्रीले भने– हिमताल फुट्‌ने जोखिम अझै उच्च छ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघको मुख्यालयमा गुटेरेससँग भेट गरेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि बधाई दिए । रसुवाको भोटेकोसी नदीमा आएको विपत्‌बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताए ।

त्यस अवसरमा महासचिव गुटेरेसले भोटेकोशी विपत्‌मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताए ।

उनले युवा नेपाली प्रतिनिधिमण्डलको प्रशंसा पनि गरे । आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल गएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार

ताजा न्यूज