शनि, कार्तिक ८, २०८३
15.1 C
Kathmandu

सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकलाई चिनियाँ टोलीले भेट्यो

काठमाडौँ । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनिया नागरिकलाई दूतावासको टोलीले भेटेको छ। काठमाडौँस्थित चिनियाँ दूतावासको टोलीले छाउनीस्थित सैनिक अस्पताल पुगेर उद्धार गरिएका आफ्ना नागरिकलाई भेटेको हो। टोलीले उनको स्वास्थ्य अवस्था र उपचारबारे पनि जानकारी लिएको छ।

शनिवार माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट चिनियाँ नागरिकको उद्धार गरिएको छ । उनी भदौ १० गते भोटेकोसीमा आएको बाढीका कारण सुरुङ भित्रै थुनिएका थिए ।

उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज