सोम, कार्तिक ३, २०८३
19.1 C
Kathmandu

भोटेकोशी बाढीको एक साता पुग्दा मृतक र बेपत्ताको संख्या ह्वात्तै बढ्यो, कसरी हुँदैछ खोजी ?

काठमाडौं । भोटेकोशी बाढीको एक साता पुग्दा मृतक र बेपत्ताको संख्या ह्वात्तै बढेको छ । बाढीमा परी हराएकामध्ये ९७४ जनाको शव फेला परेको छ भने ४ हजार ३८६ जना अझै बेपत्ता छन् । टिपुरेमा एकै दिन ६१ शव भेटिएको छ । बेत्रावतीमा रहेको एउटा घरबाट २४ वटा शव फेला निकालिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

रसुवामा बाढीपछि सम्पर्कविहीन भएका करिब चार हजार तीन सयजनाको खोजी तथा उद्धारमा २१ हजार सुरक्षाकर्मी परिचालित भएका छन् । तर, उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार जनशक्ति पर्याप्त भए पनि विपत्मा प्रयोग हुने आवश्यक उपकरण तथा स्रोत–साधनको अभाव मुख्य चुनौती बनेको छ ।

ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि आवश्यक स्रोत–साधन र उद्धार उपकरणको अभावमा खोजी तथा उद्धार प्रभावकारी बनाउन कठिन भइरहेको सुरक्षाकर्मीले बताएका छन् । बाढी प्रभावित क्षेत्रमा लगाउने बुट, विभिन्न औजारदेखि जिपिएस लोकेटरसम्मको अभाव छ ।

नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाल प्रहरी संयुक्त रूपमा खोज तथा उद्धारमा खटिएका छन् । खोज तथा उद्धारमा आठ हजार ८९७ सैनिक, सात हजार ९०९ नेपाल प्रहरी र चार हजार २०३ सशस्त्र प्रहरी परिचालित छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज