सोम, कार्तिक ३, २०८३
16.8 C
Kathmandu

तीन वर्षीया बालिकाको हत्या घटनाः आरोपीको भिडिओ खिच्ने प्रहरी पक्राउ

काठमाडौं । बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका आरोपितको भिडिओ खिच्ने प्रहरी हवल्दार पक्राउ परेका छन् । हवल्दार कुमार विकलाई नियन्त्रणमा लिएर फौजदारी असुरमा अनुसन्धान अगाडि बढाइएको बाराका एसपी नरेन्द्र कुँवरले बताए ।

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका नाबालकलाई प्रादेशिक अस्पताल कलैया लगिएको थियो । यौन हिंसामा परेका बालबालिकालाई राखिने अस्पतालकै कोठामा प्रहरी र अन्यले समेत भिडिओ खिचेको पाइएको छ ।

सोही भिडिओ खिचेका हवल्दार विकलाई पक्राउ गरेर प्रहरीले बालबालिकासम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको हो । कानुनअनुसार, आरोपित बालबालिकाको पहिचान खुलाउन र फोटो भिडिओ सार्वजनिक गर्न मिल्दैन ।

तर ती बालकले घटनाबारे विस्तृतमा बताएका थिए । जुन भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

सम्बन्धित समाचार

ताजा न्यूज