बुध, कार्तिक ५, २०८३
14.1 C
Kathmandu

प्रधानमन्त्री बालेन्द्र शाहले गरे पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेका छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार प्रधानमन्त्री शाहले शनिबार साँझ मुक्तिनाथको दर्शन गरेका हुन्। शुक्रवार काठमाडौँबाट निजी भ्रमणमा निस्किएका प्रधानमन्त्री शाह दिउँसो ३ बजे बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम पुगेका थिए।

प्रधानमन्त्री शाह होटल ओम्स होममा केही समय आराम गरी मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेका थिए।

मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले प्रधानमन्त्री शाह शनिबार साँझ ७ः३० बजे मुक्तिनाथ मन्दिरमा प्रवेश गरेका थिए।

व्यवस्थापक भुसालका अनुसार प्रधानमन्त्रीले साँझ ८ः०० बजेसम्म मन्दिरमा रहेर पुजाअर्चना गरे।

प्रधानमन्त्री शाहले मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीबाट टीका र प्रसाद ग्रहण गरे।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार प्रधानमन्त्री शाहले शनिबार साँझ मुक्तिनाथको दर्शन गरी जोमसोम फर्किएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज