मङ्ल, कार्तिक ४, २०८३
19.1 C
Kathmandu

कांग्रेस इतर समूहको भेला आजदेखि, सर्वोच्च अदालतको निस्सापछि उत्साहित

काठमाडौं । नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ। भेला काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुनेछ।

भेलाको उद्घाटन नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गर्ने प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले बताए। उद्घाटन सत्रमा शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

भेला साउन ३१ गतेसम्म चल्नेछ। भेलाको संयोजक पूर्वमहामन्त्री डा. शशांक कोइराला छन्।

सर्वोच्च अदालतले हालैमात्र कांग्रेसको नेतृत्व र आधिकारिता विवादमा पुनरवलोकन गर्ने अनुमति दिएपछि यो समूह पछिल्लो समय झनै उत्साहित बनेको छ।

आधिकारिता आफूहरुले पाउने विश्वास इतरपक्षको रहेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज