बिहि, कार्तिक ६, २०८३
16.1 C
Kathmandu

आइसिसी विश्वकप क्रिकेट लिग टु को सिरिजमा नेपाल दोस्रो पटक अंकविहीन

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आफ्नो आठौं त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले बिर्सनलायक प्रदर्शन गरेको छ । नेदरल्यान्ड्समा भएको सिरिजका चार वटै खेलमा नेपाल पराजित भएको छ ।

नेपालले आफ्ना आठ सिरिजमध्ये दोस्रो सिरिजमा चारै खेलमा पराजय भोगेको हो । युएई र अमेरिकासँगको सिरिजमा पनि नेपाल चारै खेलमा पराजित भएको थियो ।

जितविहीन बनेको सिरिजको संख्या भने तीन पुगेको छ । यसअघि क्यानडामा ओमानसम्मिलित सिरिजमा नेपाल तीन खेलमा पराजित हुँदा ओमानसँगको एक खेल नजिताविहीन बनेको थियो ।

नेदरल्यान्ड्समा खेलिएका चारै खेल गुमाउने क्रममा घरेलु टोलीसँग नेपाल ५७ रनले पराजित भयो । नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा १६८ रनमा अलआउट भयो । नेपाल अंक तालिकाको छैटौं स्थानमा झरेको छ ।

अब नेपालले विश्वकप छनोट र एकदिवसीय मान्यता जोगाउनका लागि आठ टोलीबीचको विश्वकप छनोट प्लेअफ खेल्नु पर्नेछ । सो प्लेअफमा शीर्ष चारमा परेमा भने नेपालले एकदिवसीय मान्यता र विश्वकप छनोट खेल्न पाउनेछ ।

सम्बन्धित समाचार

ताजा न्यूज