मङ्ल, कार्तिक ४, २०८३
23.1 C
Kathmandu

अमेरिकी राष्ट्रपति ट्रम्प र इरानी राष्ट्रपति मशुदले गरे शान्ति सम्झौतामा हस्ताक्षर

एजेन्सी । अमेरिका र इरानबीच युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मशुद पेजिस्कियनले सम्झौतामा हस्ताक्षर गरेका हुन् । दुवैले डिजिटल माध्यमबाट सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

ट्रम्प जी–सेभेन राष्ट्रहरूको सम्मेलनका लागि फ्रान्समा छन् । प्यालेस अफ भर्साइल्समा फ्रान्सका राष्ट्रपति इमानुएलसँग रात्रीभोजको केही अगाडि ट्रम्पले सम्झौतामा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

भर्साइल्स दरबारमै प्रथम विश्वयुद्ध औपचारिक रूपमा अन्त्य गर्ने सन्धीमा हस्ताक्षर भएको थियो । ट्रम्प र पेजिस्कियनले युद्ध तत्काल अन्त्य गरी विश्वकै महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुज तत्कालै खोल्ने समझदारीमा हस्ताक्षर भएको छ ।

हस्ताक्षरपछि सहमतिहरू तत्काल कार्यान्वयनमा आएको दाबी गरिएको छ । यसअघि सम्झौतामा शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर गर्ने तयारी थियो । तर दुवै पक्षबीच प्रक्रिया छिटो अघि बढाएर शुक्रबारअघि नै स्ट्रेट अफ हर्मुज खोल्ने विषयमा छलफल भएको थियो ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले सामाजिक सञ्जाल एक्समा ट्रम्पले सम्झौतामा हस्ताक्षर गरिरहेको भिडियो सार्वजनिक गर्दै सहमतिले दिगो शान्तिको बाटो खोल्ने र स्ट्रेट अफ हर्मुज पुनः खोल्न अनुमति दिने बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पनि अमेरिका र इरानका नेताहरूले समझदारीपत्रमा हस्ताक्षर गरेको बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै पहिलो चरणमा इरानले तत्काल स्ट्रेट अफ हर्मुज खोल्ने र अमेरिकाले आफ्नो नौसैनिक नाकाबन्दी तत्काल हटाउने बताएका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज