सोम, कार्तिक ३, २०८३
23.1 C
Kathmandu

एक्सट्रिम इनर्जी ड्रिंक्स, घातक केमिकल, जनस्वास्थ्यमाथि गम्भीर खेलबाड

काठमाडौं । नेपालका शहरदेखि गाउँसम्म अहिले एक्सट्रिम इनर्जी ड्रिंक्सको व्यापक प्रचार भइरहेको छ । सडकका होर्डिङ बोर्ड, सामाजिक सञ्जालदेखि संचार माध्यम र पसल–पसलमासमेत छ्यापछ्प्ती विज्ञापन देखिन्छ ।

ऊर्जा दिने पेय पदार्थका रूपमा कम्पनीले दाबी गरे पनि स्वास्थ्य विज्ञहरू यस्ता इनर्जी ड्रिंक्सको सेवनप्रति सावधानी अपनाउन सुझाव दिन्छन् । कम्पनीले पानीको विकप्लको रुपमा एक्सट्रिमलाई अर्थाएर विज्ञापन गरिरहेको छ । पोषण तथा जनस्वास्थ्य विज्ञहरूका अनुसार क्याफिनयुक्त इनर्जी ड्रिंक्स कुनै पनि हालतमा पानीको विकल्प हुन सक्दैन ।

एक्सट्रिम इनर्जी ड्रिंक्स पाइने क्याफिनको अत्यधिक सेवनले निन्द्रा, चिडचिडापन, मुटुको धड्कन, रक्तचाप र मानसिक स्वास्थ्यमा गम्भीर असर पर्ने जनस्वास्थ्य अधिकारीहरू बताउँछन् । बालबालिका, गर्भवती महिला तथा मुटुका बिरामीहरूका लागि यो ड्रिंक्सको जोखिम झन् बढी मानिन्छ ।

क्याफिनसँगै टोरिन, डेक्सट्रोज, ग्लुकोज–फ्रुक्टोज सिरप, विभिन्न कृत्रिम स्वाद, रङलगायतका पदार्थ प्रयोग गरिएको उल्लेख छ । यस्ता पेय पदार्थले मोटोपन, मधुमेह, फ्याटी लिभर तथा मुटुरोग र क्यान्सरको जोखिमसमेत बढाउने चिन्ता जनाइएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूले अत्यधिक क्याफिन सेवनले मुटुको धड्कन असामान्य हुन सक्ने, रक्तचाप बढ्न सक्ने, निद्रामा समस्या आउन सक्ने तथा मानसिक बेचैनी बढ्न सक्ने चेतावनी दिएका छन् ।

स्रोतका अनुसार यो कम्पनीले आइपिओ जारी गर्न खोजेको छ । र, त्यसैका लागि छ्यापछ्याप्ती विज्ञापन गरिएको छ । एक्सट्रिमले तागतिलो भनेर नेपालीको दिमागलाई मन्द बिष पिलाएर भुत्ते गराउँदै छ । पानीको साट्टो एक्सट्रिम पिउन उक्साएर जनस्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेको छ । ‘पानीले पुग्दैन, एक्सट्रिम नै चाहिन्छ’ भनेर मानिसको स्वास्थ्य सिध्याउने खतरनाक केमिकल खान उक्साइरहेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज