आइत, कार्तिक ९, २०८३
25.1 C
Kathmandu

लिपुलेकमा नेपालको दाबी ठिक नभएको भारतको जिकिर, बाँकी मुद्दामा कुरा गर्न तयार

काठमाडौं । भारतले लिपुलेकबारे नेपालले राख्दै आएको अडानलाई फेरि अस्वीकार गर्दै त्यसलाई ‘त्रुटिपूर्ण’ भनेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले साप्ताहिक प्रेस ब्रिफिङमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै लिपुलेक—कैलाश मानसरोबर सडक नयाँ कुरा नभएर सन् १९५४ देखि नै चल्दै आएको बताए । बहुपक्षीय वा सीमा विस्तारको नेपालको दाबी ठिक नभएको उनले जिकिर गरेका छन् ।

नेपालसँग बाँकी मुद्दामा कुराकानी गर्न भारत तयार रहेको उनले बताएका छन् । एकतर्फी दाबी गर्नु, फलानो चिज हाम्रो हो, यसमा हाम्रो पोजिसन सही छ भन्ने तरिका ठिक नभएको उनको जिकिर छ ।

नेपालले वैशाख २० गते नेपाली भूमि लिपुलेकबाट भारत र चीनले कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेकोमा आपत्ति जनाउँदै दुवै देशलाई कुटनीतिक नोट पठाएको थियो । नेपालले कुटनीतिक नोट पठाएको भोलिपल्ट भारतले पत्र पठाउँदै नेपाली अडानमा असहमति जनाएको थियो ।

प्रवक्ता जैशवालले पेट्रोलियम पदार्थ, रासायनिक मलको आपूर्ति सम्झौताअनुसार भइरहेको र निरन्तर भइरहने पनि बताएका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज