काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगन गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले विशेष कारण देखाउदै संसद अधिवेशन स्थगित गरेका छन्
बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार सरकारले अधिवेशन स्थगित गर्न शीतलनिवासमा पत्र पठाएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिस अनुसार नै संसद् अधिवेशन स्थगनको निर्णय गरेका छन् ।
यसअघि बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । तर आज बसेको मन्त्रीपरिषद् बैठक सो अधिवेशन स्थगन गर्ने निर्णय गरेको हो ।
