काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सदस्य हर्क साम्पाङ (राई) ले प्रधानमन्त्री तथा सरकारमा रहेका सबै मन्त्रीहरूको दैनिक रूपमा मादक पदार्थ (मापसे) र लागु पदार्थ (लापसे) सेवनको जाँच अनिवार्य गर्नुपर्ने माग गरेका छन् ।
उनले सांसदहरूको पनि यस्तो जाँच गर्नुपर्नेमा जोड दिएका छन् । फेसबुकमा स्टाटस लेख्दै हर्कले भनेका छन्, ‘प्रधानमन्त्रीदेखि मन्त्री र सांसदहरूसम्मले दैनिक रूपमा मादक पदार्थ र लागु पदार्थ सेवनको जाँच गराउनुपर्छ । यो देशको स्वास्थ्य र नेतृत्वको विश्वसनीयताका लागि अनिवार्य छ ।’
