सोम, कार्तिक १०, २०८३
24.1 C
Kathmandu

इरानको तेल अभिभमा साइरनको त्रास, दूतावासले भन्यो– सबै नेपाली सुरक्षित

काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि संयुक्त हवाई आक्रमण गरेपछि मध्यपूर्वमा दीर्काघलीन युद्धको जोखिम बढेको छ।

इरानले पनि इजरायली सहरहरूलाई लक्षित गरी मिसाइल प्रत्याक्रमण सुरु गरेको छ। यसले इजरायलको राजधानी तेल अभिभसहितका प्रमुख सहरहरूमा चेतावनीका साइरनहरू बजिरहेका छन्।

युद्धको पछिल्लो विकासक्रमसँगै तेल अभिभस्थित नेपाली दूतावासले इजरायलमा रहेका करिब ८ हजार नेपालीलाई ‘हाई अलर्ट’मा रहन विशेष सूचना जारी गरेको छ। दूतावासले स्थानीय ‘होम फ्रन्ट कमान्ड’को निर्देशन कडाइका साथ पालना गर्न र साइरन बज्नेबित्तिकै नजिकको बंकरमा जान आग्रह गरेको छ।

इजरायलका लागि कार्यवाहक नेपाली राजदूत ओमकुमार भण्डारीका अनुसार इजरायलमा रहेका सबै नेपाली सुरक्षित छन्।

दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘इजरायली अधिकारीहरूद्वारा जारी सुरक्षा सल्लाहको पालना गर्नुहोस्। सकेसम्म घरभित्रै बस्नुहोस् र यात्रा गर्नै परे पूर्वअनुमति लिएर मात्र निस्कनुहोस्।’ कुनै समस्या परेमा दूतावासको आपतकालीन नम्बर ९७२-५४५५८२०७७ मा सम्पर्क गर्न भनिएको छ।

इरानबाट प्रहार गरिएका मिसाइललाई आकाशमै नष्ट गर्न इजरायलले आफ्नो बहुचर्चित ‘आइरन डोम’ र ‘एरो’ डिफेन्स सिस्टमलाई पूर्ण क्षमतामा परिचालन गरेको छ।

हालै मात्र जीटुजी प्रक्रियामार्फत इजरायल जान ठिक्क परेका करिब ८ सय नेपाली सहायक कामदारलाई युद्धको असर पर्ने भएको छ। दूतावासका अनुसार इजरायलमा हाल ६ हजार वैध र करिब २ हजार अवैध गरी ८ हजार नेपाली कार्यरत छन्।

 

सम्बन्धित समाचार

ताजा न्यूज