बिहि, कार्तिक ६, २०८३
16.1 C
Kathmandu

देशभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन, ६७४३ वटै वडामा स्वयंसेवक परिचालन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरू भएको छ । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम अगाडि बढेको आयोगले जनाएको छ ।

आजदेखि सुरु भएको कार्यक्रम यही फागुन १७ गतेसम्म देशभरका ७५३ वटै स्थानीय तहका ६ हजार ७४३ वडामा सञ्चालन हुनेछ । त्यसका लागि एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ ।

आयोगका अनुसार त्यसरी खटिएका स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउनेछन् । प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज