बुध, कार्तिक ५, २०८३
19.1 C
Kathmandu

बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, खालिदा जियाका छोरा तारिक रहमान प्रधानमन्त्री बन्ने

एजेन्सी । बंगलादेशमा बिहीबार भएको संसदीय चुनावमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ। पार्टीले २९९ सिटमध्ये १६५ सिट जितेको हो।

पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा एवं बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ। दुई क्षेत्रमा चुनाव लडेका रहमानले पनि दुवै सिट जितेका छन्।

उनी बेलायतमा १७ वर्ष निर्वासित जीवन बिताएपछि हालै मात्र बंगलादेश फर्किएका थिए।

जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११-दलीय गठबन्धनले अहिलेसम्म ४५ सिट मात्र जितेको छ। जमात प्रमुख सिफुकर रहमानले ढाका-१५ मा विजय हासिल गरेका छन्।

अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले तिन सिट जितेका छन्।

सबै मत परिणाम आउन बाँकी छ।

सन् १९९१ देखि २०२४ सम्म आलोपालो सत्ता चलाइरहेका तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत पलायन र पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनपछि बंगलादेशमा पहिलोपटक संसदीय चुनाव भएको हो।

यो निर्वाचनले बंगलादेशलाई ३५ वर्षपछि नयाँ प्रधानमन्त्री दिलाउँदै छ।

सम्बन्धित समाचार

ताजा न्यूज