काठमाडौं । आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले सानदार सुरुआत गरेको छ। गएराति भएको खेलमा क्यानडाविरुद्ध ५७ रनको सहज जित निकाल्यो।
भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले २१४ रनको लक्ष्य दिएको थियो।
त्यलाई पछ्याउने क्रममा क्यानडाले निर्धारित २० ओभर ब्याटिङ गरे पनि आठ विकेट गुमाएर ५७ रनमात्र बनाउन सक्यो।
क्यानडाका नवनित धलिवालले सर्वाधिक ६४ रन बनाए पनि टिमको हार टार्न सकेनन्। उनले ४९ बलमा सात चौका र एक छक्का प्रहार गरे।
हर्ष थाकेरले २९ बलमा दुई चौका र दुई छक्कासहित ३३ रन थपे। धलिवाल र थाकेरले ४५–४ को स्थितिबाट ६९ रनको साझेदारी गर्दै क्यानडाको मध्यक्रम सम्हाल्ने प्रयास गरेका थिए।
युवराज सम्राले १२ र साद बिन जफरले ११ रन जोडे। क्यानडाका कप्तान दिलप्रीत बाज्वा र जसकरन सिंह गोल्डेन डक भए।
दक्षिण अफ्रिकाका लुन्गी एन्गिडीले चार विकेट लिए। मार्को यान्सेनले दुई विकेट लिए मने कागिसो रबाडा र कोर्बिन कोस्चको नाममा एक–एक विकेट रह्यो।
त्यसअघि टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २१३ रनको योगफल खडा गरेको थियो।
जारी विश्वकपको यो सबैभन्दा ठूलो योगफल हो। दक्षिण अफ्रिकाका ओपनर तथा कप्तान आइदेन मार्करमले सर्वाधिक ५९ रन बनाए। उनले ३२ बलमा १० चौका र एक छक्का प्रहार गरे। अर्का ओपनर क्विन्टन डी ककले २२ बलमा दुई चौकासहित २५ रन थपे।
यस्तै, डेविड मिलरले २३ बलमा एक चौका र तीन छक्कासहित ३९ रन बनाए।। रायन रिकेलटनले २१ बलमा तीन चौका र एक छक्कासहित ३३ रन थपे । ट्रिस्तुटन स्टब्सले ३४ रन बनाए।
क्यानडाका अंश पटेलले तीन विकेट लिए। यस्तै, कप्तान दिलप्रीत बाज्वाको नाममा एक विकेट रह्यो।
सोमबार नै भएका अन्य खेलमा स्कटल्यान्ड र जिम्बाब्वेले विजयी भए। स्कटल्यान्डले पहिलो पटक विश्वकप खेल्दै गरेको इटालीलाई ७३ रनले सजिलै हरायो।
यसै गरी सोमबारै श्रीलङ्काको कोलम्बोमा भएको खेलमा जिम्बाब्वेले ओमानलाई आठ विकेटले सजिलै हराएर टी–२० विश्वकपमा विजयी सुरुवात गर्यो।
