शुक्र, कार्तिक ७, २०८३
16.1 C
Kathmandu

फागुन २१ को निर्वाचनका लागि तयार भयो मतपेटिका, जिल्ला–जिल्लामा पठाइँदै

काठमाडौं । निर्वाचन आयोग आचारसंहिता पालनाको अनुगमन गरिरहेको छ। सँगै मतपत्र र छपाइको काम पनि तीव्रताका साथ अगाडि बढिरहेको छ।

प्रत्यक्षतर्फ शुक्रबारसम्म ६० वटा निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ।

समानुपातिक तर्फको मतपत्रको छपाइ यसअघि नै सकिएर जिल्ला निर्वाचन कार्यालयहरूमा पठाइएको छ।

शनिबारसम्म मतपेटिका पनि तयार भइसकेको आयोगले जनाएको छ।

आयोगका कर्मचारीहरूले मतपेटिकाहरूलाई जिल्ला जिल्लामा पठाउनका लागि तयारी अवस्थामा राखेका छन्।

केही जिल्लामा शनिबार नै मतपेटिका पठाइएको छ। बाँकी जिल्लामा मतपेटिका पठाउने तयारी भइरहेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज