सोम, कार्तिक १०, २०८३
17.1 C
Kathmandu

देउवासहित संस्थापनसँग वार्ता गर्न गगन–विश्वले बनाए चार सदस्यीय समिति

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनकाे तर्फबाट सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षसँग वार्ता गर्न समिति गठन गरिएको छ ।

समितिमा नेताहरु मधु आचार्य, देवराज चालिसे, प्रदीप पौडेल र गुरुराज घिमिरे रहेका छन् ।

सभापति देउवाले विशेष महाधिवेशनलाई स्वामित्व लिन नमानेपछि सहमति जुटाउन सोमबार दिनभर भएका प्रयास असफल भएपछि समिति गठन गरिएको हो ।

भृकुटीमण्डपमा आइतबारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेशनमा जारी छ ।

सम्बन्धित समाचार

ताजा न्यूज