मङ्ल, अशोज ६, २०८३
21.1 C
Kathmandu

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसले थाल्यो थप सांसदको हस्ताक्षर

काठमाडौं । विघटित संसद्को सबैभन्दा ठुलो दल कांग्रेसले पुनर्स्थापनाका लागि निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन अभियानलाई तीव्रता दिएको छ ।

एमालेसहित संसद्को बहुमत सांसदको हस्ताक्षर जुटाउने तयारी कांग्रेसको छ । तर, महामन्त्री गगन थापा पक्षधर सांसदहरूले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । डा. शेखर कोइराला पक्षले पनि निर्वाचनको वातावरण नबनेको जनाउँदै प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा आफूलाई उभ्याएको छ ।

कांग्रेस सचेतक सुशीला थिङले संसद्को बहुमत पुर्‍याउने गरी हस्ताक्षर अभियान चलिरहेको बताइन् । ‘कांग्रेसमा बहुमतको हस्ताक्षर भइसक्यो, हामी संसद्कै बहुमत पुर्‍याउने गरी अघि बढेका छौँ । असंवैधानिक रूपमा विघटन भएको संसद् पुनर्स्थापना गर्नुको विकल्प छैन,’ उनले भनिन् ।

संसद् पुनर्स्थापनाको पक्षमा कोइराला पक्ष पनि सहमत देखिएको छ । नेता कोइरालाले २१ फागुनमा तोकिएको निर्वाचनको वातावरण सरकारले बनाउन नसकेको र संसद् पुनर्स्थापनाको सम्भावना बढ्दै गइरहेको बताएका थिए ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ सांसद आवश्यक पर्छन् । कांग्रेस र एमालेको बहुमत पुग्छ । तर, कांग्रेस महामन्त्री थापा पक्षका सांसदले हस्ताक्षर गरेका छैनन् ।

 

सम्बन्धित समाचार

ताजा न्यूज